काठमाडौँ । अभिनेता पल शाहमाथि बलात्कारको अभियोग लागेको मुद्दामा पीडित किशोरीले बयान फेरेकी छन् ।
नाबालिग पीडित किशोरीले जिल्ला अदालत तनहुँमा बयान फेरेकी हुन् । उनले आफूमाथि बलात्कार नभएको बताएको एक वकिलले जानकारी दिए ।
पल पुर्पक्षका लागि थुनामा छन् । किशोरी पक्षले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको माग दाबी गरेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९