काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७५० जनाको पीसीआर परीक्षणमा ११ जना र ७३९ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३६ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।
हाल देशभर ३७५ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९