काठमाडौँ । स्याङ्जाको वालिङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार एक बालकसहित ५ जनाको मृत्यु भएको हो ।
डाँडा खर्कबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका–१२ माथिल्लो डाँडा खर्क नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चालकसहित ६ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
मृतक पाँच जनाको शव वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९