काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)को महाप्रबन्धकमा बृत्तान्त खनाल नियुक्त भएका छन् । रौनक मल्लको एक वर्षे सम्झौता सकिएपछि क्रिकेट सङ्घले नयाँ म्यानेजर नियुक्ति प्रक्रिया थालेको थियो ।
३४ जनाको आवेदन गरेकोमा छनोट कमिटीले ९ जनाको सूची बनाएर अन्तर्वार्ता लिएको थियो । त्यसबाट छनोट भएका खनालले ३ वैशाखबाट जिम्मेवारी सम्हाल्ने क्यानले बताएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८