काठमाडौँ । पत्रकार ऋषि धमलाले नेपाल एयरलाइन्सको विमानभित्र देखाएको उद्दण्ड व्यवहारका विषयमा प्रेस काउन्सिल नेपालले बयान लिने भएको छ ।
पत्रकार धमलालाई लिखित स्पष्टीकरण सोधेको काउन्सिलले उनको जवाफ चित्तबुझ्दो नभएपछि बयानका लागि बोलाएको हो ।काउन्सिलको आज (आइतबार) बसेको आचारसंहिता अनुगमन समितिको बैठकमा धमलाले दिएको जवाफबारे छलफल भएको थियो ।
जवाफमा पेस गरिएका तर्कमा सन्तुष्ट हुन नसकिएकाले मौखिक बयानका लागि बोलाउने निर्णय भएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए ।धमलाले छिटो समाचार सम्प्रेषण गर्नु पत्रकारको धर्म हुने भन्दै आफ्नो गलत क्रियाकलापको बचाउ गर्न खोजेको काउन्सिलको निष्कर्ष छ ।
अब उनको मौखिक बयानपछि काउन्सिलले थप निर्णय लिने बस्नेतले बताएका छन् ।धमलालाई भोलि मध्यान्ह १२ बजे बोलाइएको छ । काउन्सिलले प्राइम टिभीका समाचार प्रमुखलाई पनि स्पष्टीकरण सोधेको थियो । उनलाई भने मौखिक बयानका लागि बोलाइएको छैन ।
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८