काठमाडौँ - समता समानता र सामाजिक स्वतन्त्रताका मुद्दामा कलम चलाउने कवि तथा साहित्यकार मिम बहादुर परियारकाे शब्दमा , केटिएम साेल्जाकाे आवज र बिटमा , राेसन परियारको निर्माणमा र (किरण ब्यञ्जनकार) वाइल्ड याक रेकर्डकाे प्रस्तुतिमा बाबू के थरी बाेलकाे र्याप गीतकाे भिडियो सार्वजनिक भएको छ ।
र्याप गीतको भिडियोमा रङ्गकर्मी राजकमल फकिरकाे अभिनय छ भने निर्देशन मनिष निराैंलाले गरेका हुन् । भिडियोकाे छायांकन पाटन आसपासमा गरिएको छ ।
निर्माता राेसन परियार बताउँछन् "बाबू के थरी " पहिला कविताको रुपमा थियो । कविता पढेपछि मलाई साह्रै मन छाेयाे । उक्त कवितालाई र्याप गीत बनाउनुपर्छ भन्ने मनमा आयो । ताकि युवा जमातमा केही सन्देश पुगाेस् । जातीय छुवाछूत जस्तो अमानवीय कुसंस्कारले मानिसमा कति पीडा दिएको छ , त्यो आम मानिसले बुझुन् भन्ने हाे "। साहित्यकार परियार भन्छन् " बाबू के थरी कविता जातीय कुप्रथाका विरुद्ध लेखिएको हाे । याे कवितामात्रै नभएर आक्राेश पनि हाे । यस कवितालाई र्याप गीत बनाउने राेसन परियारकाे याेजना मन परेकाले यस परियोजना जाेडिएकाे हुँ "।
र्याप संगीतकाे इतिहास विभेदसँग जाेडिएकाे छ । कथित सामाजिक संरचनाका विरुद्ध र्याप गीत गाइन्थ्याे । अस्वेत समुदायको पिडा पाेख्ने माध्यम पहिले र्याप थियो । अझ र्याप गीतलाई प्रेटेस्ट पाेएट्री पनि भन्छन् । अहिले संसारमै र्याप युवा जमातमा निकै लाेकप्रिय छ । त्यसकारण पनि" बाबू के थरी "र्याप गीत विशेष छ । जातीय विभेद विरुद्ध छ । समाजिक समानता र समताकाे वकालत गरेको छ । निश्चितरूपमा यस र्यापले युवा जमातमा केही सन्देश अवस्य दिनेछ " साहित्यकार परियारले थपे ।
सामाजिक बेथितिलाई सरल भाषामा चित्रण गरिनुनै यस गीतको विशेषता हाे । र्यापरकाे गायकीले , गीतमा झन् उर्जा थपिदिएकाे छ । र्यापर केटिएम साेल्जा , नेपाली र्याप विधाकाे उदाउँदो नक्षत्र हुन् ।
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८