काठमाडौँ । सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ ।
यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको छ ।
पहाडमा मालवाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २०, २०७८