काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली घरेलु मैदानमा चलिरहेको त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पपुवान्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
क्रिकेटर करण केसीको ह्याट्रिकमा त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)सँग खेलिरहेको नेपालले लगातार तेस्रो जित हात पारेको हो।
पपुवा न्युगिनी (पीएनजी’सँग टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन जोडेको थियो।नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजी १९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६६ रनमा समेटिएको हो।
पीएनजीलाई १६६ रनमा रोक्नका लागि नेपालका करणले ३.४ ओभर बलिङ् गर्दै ५ विकेट लिए। त्यस्तै अविनाश बोहरा र सोमपाल कामीले समान २/२ विकेट लिए।
त्यस्तै नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६० र मोहम्मद अदिल अलामले २० रन जोडे । यस्तै कुशल भुर्तेल १७ रन, रोहित पौडेल ४१ रन र आशिफ शेख ३८ रन जोडे ।
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८