काठमाडौं । हालै एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले पार्टीको एउटा जनसभामा दुई दिनअघि नयाँ खुलासा गरिन् ।उनले आफ्नो न्वारनको नाम पनि ‘सुर्जेकुमारी’ रहेको भन्दै एमालेको चुनाव चिन्हको प्रचार गरेकी थिइन् ।
करिश्माको उक्त भाषण भाइरल भयो र विभिन्न टीकाटिप्पणी पनि भए । यस विषयमा उनले आज फेसबुकमा आफ्नो प्रतिक्रिया दिएकी छन् । करिश्माले आफ्नो नाम थाहा पाउँदा धेरैलाई पोलेको बताएकी छन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘सूर्य कुमारी , मेरो न्वारानको नाम थाहा पाउँदा धेरैलाई पोल्यो , भिटामिन डी प्राप्त भयो । राम्रो हो ।’
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८