काठमाडौँ। आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न तीन दिनमा डेढ लाख जनाले आवेदन दिएका छन् ।
देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आइतबार, सोमबार र मङ्गलवार मात्रै १ लाख ३९ हजार ७५९ जनाले दर्खास्त दिएका हुन् ।
पहिलो दिन आइतबार ३० हजार २९९, सोमबार ५२ हजार २९९ र मङ्गलवार ५७ हजार १६१ जनाले आवेदन दिएका हुन् । तर बुधवारको विवरण आइसकेको छैन । प्रहरीले एक लाख म्यादी प्रहरीका लागि दर्खास्त दिन माग गरेको छ ।
म्यादी प्रहरीले नेपाल प्रहरीको मातहतमा रही ४० दिन खटिनेछन् ।
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८