काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (शुक्रबार) थप ७७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।७ हजार ९८१ जनाको कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।
५ हजार ६०७ जनाको पिसिआर गर्दा ६२ र २ हजार ३७४ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।योसँगै देशभर ५ हजार २१२ जना सक्रिय सङ्क्रमित छन् ।
१८९ जना सङ्क्रमित निको समेत भएका छन् । यसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८