काठमाडौँ -सेन्चुरी कमर्सियल बैंक चौरपाटी शाखाद्वारा बैंकको संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत चौरपाटी गाउँपालिका वार्ड नं. ४, स्थित श्री वैजनाथ माध्यमिक विद्यालय पायलमा अध्ययनरत ७५ जना गरिब, अनाथ तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री कापी कलम वितरण गरिनुका साथै उक्त विद्यालयका प्रत्येक कक्षाकोठाको सरसफाईका लागि १५ थान डस्टबिन विद्यालयका सहायक प्रधनाध्यापक श्री प्रेम बहादुर कुंवरलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।
साथै बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत नै उक्त विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुमा आधारभूत वित्तिय साक्षरता पनि प्रदान गरेको छ । यसरी यस क्षेत्रमा गरिएको यो पहिलो वित्तिय साक्षरता कार्यक्रम हो ।
उक्त कार्यक्रममा सेन्चुरी कमर्सियल बैंकका चौरपाटी शाखा प्रमुख अर्जुन कुमार बनले सेन्चुरी बैंक सरल बैंकिंग सबैका लागि भन्ने मुल नारा सहित शहर देखि ग्रामिण क्षेत्रसम्म आधुनिक बैंकिंग सेवा दिदैं त्यस क्षेत्रका सर्वसाधारणहरुमा वित्तीय सेवाको पहुँच बिस्तार गर्दै आईरहेको बताएका छन् ।
उनले बैंकले आफ्नो सामाजिक उतरदायित्व अन्तर्गत समुदायका विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आईरहेको र भविष्यमा पनि यस्ता सहयोगात्मक कार्यहरु जारी रहने पनि जानकारी गराउनुको साथै संस्थागत सामाजिक उतरदायित्वको महत्वमाथि प्रकाश पारे । उक्त कार्यक्रममा चौरपाटी शाखाका सम्पुर्ण कर्मचारीहरु,अध्ययनरत विद्यार्थीहरु तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८