काठमाडौँ । लागूपदार्थसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका र्यापर आशिष राना ‘लाउरे’ रिहा भएका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज (मंगलबार) रिहा गरेको हो ।
लागूपदार्थ प्रयोग तथा कारोबार गरेको अभियोगमा प्रहरीले गत पुस १४ गते लाउरेसहित चार जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको हो ।
उनीहरुलाई प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्दै हिरासतमा राखेको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८