काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) पनि बजारमा सुनचाँदीको मूल्य बढेको छ । गत मंगलबारदेखि सुनचाँदीको मूल्यमा वृद्धि हुँदै आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (बिहीबार) प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार २ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार तोकिएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८