काठमाडौं । कैलाली जिल्ला सुदुपश्चिम प्रदेशको सबैभन्दा बढी जनसंख्या भएको जिल्ला हो । यसको क्षेत्रफल ३,२३५ वर्ग मिटरमा फैलिएको छ । यहाँ विशेष गरि नेपाली भाषा,डोटेली भाषा र थारु भाषा वोलिन्छ । २०६८ को जनगणना अनुसार कैलालीको जनसंख्या ७,७५,७०९ रहेको थियो । यसको सदरमुकाम धनगढी रहेको छ भने सु.प. प्रदेशको राजधानी गोदावरीमा तोकिएको भएतापनि अस्थाइ राजधानी पनी धनगढी मै रहेको छ ।
यो जिल्लामा ६ वटा गाउपालिका, ६ वटा नगरपालिका र एक वटा उपमहानगरपालिका छन् । यसै अन्तरत टिकापुर नगरपालीका पनि एक हो । यो क्षेत्र जिल्लाको पूर्वि भागमा र महेन्द्र राजमार्ग देखि लगभग १४ कि.मि.दक्षिण पट्टी भारतको सिमाना देखि १४ कि.मि. उत्तर तर्फ कर्णाली नदिको पश्चिम तटमा अवस्थित छ । २०५३ सालमा घोषणा भएका नगरपालिका मध्य टिकापुर पनि एक हो ।
टिकापुरमा सयौ बर्ष देखि थारु समुदाय र पहाडिया समुदाय भाइचाराको सम्बन्ध स्थापित गर्दै बसोबास गर्दै आइरहेका छन । ओल्लो घर थारु को छ भने पल्लो घर पहाडिया को रहेको छ । पहाडबाट बसाइ सराइ गर्ने क्रममा सु.प. का अन्य जिल्ला हरु भन्दा अछामबाट मात्र लगभग ८०% जनसंख्या बसाइ सरेको पाइन्छ । टिकापुरको मौलिक रहन सहन पनी अछामको भन्दा कुनै फरक देखिदैन तर २०७२ साल भाद्र ७ गते टिकापुरमा एउटा हत्याकाण्ड नै भयो । टिकापुरले सारा देशको ध्यान तान्यो एउटा दुधे बालक लगाएत ७ जना प्रहरीको हत्या गरियो । यो अत्यन्तै निन्दनिय कार्य थियो । यो घटना हुनु पुर्व कुनै पहाडिया र थारु समुदाय विच कुनै ब्यक्तिगत बैमनुस्यता थिएन । सदियौ देखि मिलेर बसेका थारु समुदाय र पहाडि समुदायमा फाटो ल्याउनको लागि केहि मधेशका नेता भनाउदाहरु टिकापुरमा गएर थारु समुदायलाई उचाल्ने काम गरे । त्यो हत्याकाण्डको पृष्ठभूमि त्यै थियो । त्यो घटनामा एउटा बच्चा र प्रहरी हरुको हत्या भएतापनि त्यो विशुद्ध राजनीतिक घटना थियो । घटना भएको भोली पल्ट भाद्र ८ गते थारु समुदायको घर, पसल लगाएत भौतिक सम्पति जुन छानी छानी आगो लगाइयो त्यो कार्य पनि अत्यन्तै निन्दनिय थियो । कतिपय थारु समुदायका पुरुषहरु आफ्नै घरबाट रातारात भाग्न विवस भए । यस्तो कहालि लाग्दो घटना अब उप्रान्त टिकापुरमा दोहोरिने छैन । यो घटनामा मारिने वरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपाने रौतहटमा अफताव आलमले जिउदै १९ जना मदजुर लाई इटा भट्टा मा हालेर मारेको भनेर पिडित पक्ष उजुरी गर्न आउदा सुनुवाइ नगर्ने प्रहरी अधिकारी थिए ।
घटना जो कसैले गराएको भएपनि निन्दनिय कार्य थियो तर त्यो त्रासदी पुर्ण घटना बाट पाठ सिकेका पहाडि र थारु समुदायले टिकापुर घटनाको मुख्य दोषी आरोप लागेका रेशमलाल चौधरीलाइ भुमिगत अवस्थामै प्रतिनिधीसभा मा विजय गराए । रेशमलाल चौधरी विजय हुनुमा थारु समुदायको मत मात्र प्रयाप्त थिएन पहाडि समुदायले पनि उनलाइ मतदान गरेको थिए ताकि टिकापुरमा फेरी पनि भाइचाराको सम्बन्ध प्रगाढ बनाउनु पर्छ भनेर । तर टिकापुर का जनप्रतिनीधि रेशमलाल चौधरी सर्वोच्व अदालतको फैसला नहुदा सम्म डिल्लीबजार कारागारमा रहेका छन । टिकापुरका जनताले रेशमलाल चौधरी लाई अनुमोदन गरिसकेपछि जनप्रतिनिधी जेलमा राख्नु गैरन्यायीक हो ।
गत कार्तिक ३ गते लम्की चुवा नगरपालिका लम्की बस्ने २३ बर्षको भुपेन्द्र बडुवाललाई चिसापानी बस्ने नविन रावलको समुहले धारिलो हतियार प्रहार गरि हत्या गर्यो । हत्याका आरोपी नविन रावल अहिले सम्म पक्राउ परेका छैन्न उनलाई सिमा कटाउन मा को सहयोगी बन्यो ? यो गम्भीर प्रश्न हो यस्मा उच्च पदस्त राजनीतिक कर्मिको पनि नाम जोडिएको सुनिन्छ जुन अत्यन्तै दुर्भाग्यपूर्ण छ । यस्ता क्रुुर हत्या र हत्याकाण्ड टिकापुरमा बारबार किन हुन्छ यो अत्यन्तै सोचनिय विषय भएको छ । देशभर नै टिकापुर एउटा यस्तो बदनामित ठाँउ बन्न पुगेको छ । टिकापुरको मान्छे भनेपछि मान्छेहरुको हेर्ने दृष्टिकोण नै फरक हुने गरेको छ । यसरी किन टिकापुर एउटा बदनामित ठाँउ बन्दै गइरहेको छ ? सोचनिय छ । यस्को उत्तर कस्ले दिने ?
अपराध गर्ने अपराधिहरुको मनोवल दिन प्रतिदिन किन बढ्दै गइरहेको छ ? के अपराधि हरुलाई स्थानिय प्रशासन, या राजनैतीक संरक्षण छ ? किन यस्ता अपराधिहरु सजिलै सिमापार गर्छन ? यस्को उत्तर सम्बन्धित ठाँउको प्रशासन दिन तयार छ कि छैन ? यस्ता प्रश्न हरुको उत्तर आम जनताहरुले खोजेका छन् ।
बडुवाल हत्याकाण्ड सेलाउन नपाउदै टिकापुर बजार बाट लगभग ६ कि.मि को दुरीमा जोशिपुरका अर्जुन दासको एउटा अपराधिक समुहले घाँटी रेटेर जघन्य हत्या गर्यो र त्यो हत्याराले फेसबुक म्यासेन्जर मार्फत मृतकको श्रीमतीलाई मैले यसरी तेरो श्रीमानलाई मारे भनेर अडियो पठाउने सम्मको दुस्साहस गरेको थियो । अव फेरी अपराधिक गिरोहरुले कस्को छोराको हत्या गर्ने हुन भनरे आम टिकापुरवासी को निदहराम भएको छ । यस्तो जघन्य हत्या जस्तो घटना किन भइरहेको छ टिकापुर क्षेत्रमा सिंगो सुदुरपश्चिम प्रदेश सरकार, संघिय सरकारका जनप्रतिनिधी र स्थानिय सरकारका प्रतिनिधी बसेर गम्भीर छलफल गरेर यस्ता अपराधिक क्रियाकलाप रोक्न ठोस निर्णय गर्न अत्यन्तै जरुरी छ । अपराध मा संलग्न जो कसैको नाता,गोता आफन्त भएपनि कसैले पनि हत्याराको पक्षमा नबोल्ने लिखित रुपमा हस्ताक्षर गर्न जरुरी छ । तब मात्र टिकापुर वासिहरु केहि आस्वस्त हुने देखिन्छ ।
-कृष्णबहादुर कुँवर ,नेकपा एकिकृत समाजवादीका सु.प.प्रदेश कमिटी सदस्य हुन् ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८