काठमाडौँ - आफ्नो सम्बन्ध बिच्छेद भएको खबरले सञ्जाल ताती रहँदा नायक रमेश उप्रेतीले भने झुटो भएको दाबी गरेका छन् ।
केही दिन देखि नायक उप्रेती र उनकी पत्नी किरणको डिभोर्स भएको भन्ने खबर समाचारको हेड्लाइन बनेको छ । तर यो खबरमा सत्यता नभएको उनले बताएका छन्। तर आफूहरू अलग बस्दै आएको कुरा चाहिँ सत्य रहेको उनको भनाइ छ ।
हरेक घरको समस्या रहेको र हामी दुवै जना एक अर्कालाई पर्सनल स्पेस खोजिरहेको रमेशले अभिव्यक्ति दिएका छन् । किरण रमेशको दोश्रो पत्नी हुन् ।
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८