व्यक्तिको मन र मस्तिष्कबाट शुरु नभएको परिवर्तन समाजले स्वीकार्न सक्दैन समाज परिवर्तनका लागि व्यक्ति स्वयंम परिवर्तन हुन आवश्यक छ। क्रान्तिकारीहरुको विचार पनि कुसंस्कारबाट ग्रसित छ । जसको विचारमा सामाजिक संरचनाको प्रतिबिम्ब भेटिन्छ। समाज रुपान्तरणको अभ्यास गर्ने कुरा कता हो कता अझै भन्न छोडेका छैनन । समाज यस्तै छ। हामी एक दुई जना बोलेर समाज परिवर्तन हुदैन बरु तिमी पढलेख गरेकी छौ । सरकारी जागिर खाऊ । तिमी जत्तिको मान्छे राजनितिमा अल्मलिएर जिबन बर्बाद नगर। केही वर्षको भेटपछि परिवर्तनको यात्रामा होमिएका एक प्रखर नेताबाट यो सुझाव सुन्दा धेरै अनौठो त लागेन तर अग्रगामी व्यक्तिबाट यस्तो विचार पोखिदा एकछिन अचम्म परे। लाग्यो परिवर्तनकारीको मन र मष्तिस्क भित्र नकोरिएको परिवर्तनको चित्रको प्रर्दशन यसरी नै हुन्छ ।
छ-सात वर्ष अघि मलाई देख्ने बित्तिकै तिमी जत्तिको महिला राजनितिमा आउनुपर्छ भन्ने ती नेताले त्यसो भन्दा मनमा अनेक प्रश्न उब्जिए। वास्तवमा त्यो विचार केही हदसम्म ठिक नै थियो। किन कि नेपाली समाज यस्तै छ भन्दै राजनितिमा भ्रमात्मक विचारको खेती गर्ने कथित नेताको वर्चस्व ले समाज चलायमान छ। यो सत्य हो। यहाँ राजनितिक सिद्धान्त भन्दा पनि व्यक्तिको दम्भ बढि नै हुदै आएको छ। जसमा व्यक्तिको क्षमता र योग्यता लाई एउटा समुदायको संकुचित घेरामा राख्ने प्रयत्न गरिन्छ । समाजको कुप्रथा र कुसंस्कारलाई यस्तै भन्दै गर्दा समाज रुपान्तरण हुने सम्भावना कति छ रु यो नेपाली समाजलाई हिजोको जस्तै आज हेर्न चाहाने हो भने समाज परिवर्तनको सवाल पनि कति हद सम्म ठिक छ। समाज यस्तै छ भन्दै नेपालमा एकात्मक राज्य प्रणालीको बारे बोल्दै नबोलेको भए के हुने थियो रु यो प्रश्न किन नगर्ने र? पुष्पलाल श्रेष्ठ, विपि कोइराला, योगमाया, मंगलादेवी द्वारिका देवी ठकुरानी र साहाना प्रधान जस्ता व्यक्तिले नेपाली समाज र नेपाली जनताको निम्ति त्याग, तपस्या र संघर्ष नगरेको भए के हुने थियो रु यता किन सोच्न सक्दैनौ हामी ? हो हामी बस्ने समाज यस्तै छ। यो सबैलाई थाहाँ छ।
अब पनि समाज यस्तै छ भन्दै यता कति दिन परिवर्तनको नाममा विचारको खेती गर्ने ? अग्रगामीहरुको परिवर्तनको नारा र हामी बस्ने समाजको चरित्र बिचको दुरीलाई एक छिन विश्लेषण गरौ । परिवर्तनका निम्ति बोलिने शब्द, गरिने भाषण र वास्तविक सामाजिक अभ्यास कस्तो छ ? यो कुरा सचेत नागरिकले सोच्न र मनन गर्न आवश्यक छ। यो समाजलाई यस्तै हुन दिने हो भने किन चाहियो परिवर्तनको कुरा रु आफुलाई किन भन्नु पर्यो परिवर्तनकारी रु समाज यस्तै हुनाले यो समाजलाई नेतृत्व गर्ने कथित व्यक्तिको नियति पनि यहि समाजको संरचनाले ग्रहसित छ।
वास्तविक विचार र सिद्धान्त नेपाली समाजको हितमा भएको भए देशले रुप उहिल्यै फेरि सक्थ्यो। हिजोका वास्तविक परिवर्तनकारी योद्धाहरुले सुरुवात गरेको संघर्षको गन्तब्य व्यक्तिका सिमित ईच्छा र आवश्यकतामा अल्झिरहेको छ। त्यतिमात्र होइन समाज यस्तै छ भन्दै परिवर्तनकारीहरु पछि पारिएका समुदायको नेतृत्व स्वीकार्न आनाकानी गर्छन। नेतृत्व योग्यता र क्षमतासंग मात्र होइन । आफुलाई समाज रुपान्तरणको अग्र पंतिमा चिनाउन खोज्नेहरू अझै राजनितिक नेतृत्वको सवालमा जात र थर जोड्न पछि पर्दैनन। समाजको नेतृत्व गर्न सक्ने व्यक्तिको क्षमता पनि आखिर जातमा लगेर जोड्दिने संस्कारको विकास नेपाली राजनितीमा निकै छ। जति पढलेख गरेपनि , जतिसुकै क्षमता भएपनि अन्तिम सत्य जातलाई आधार बनाएर बोल्न छोड्दैनन। नेतृत्व गर्ने व्यक्तिको संकुचित नियतले समाजले परिवेश अनुकुल गति लिन सकिरहेको छैन। परिवर्तनका लागि भाषण भन्दा पनि भाषणका निम्ति परिवर्तनको उग्र गफ भजाएर खाने बानी राजनितिक संस्कारनै बसिसक्यो। यो भ्रमको खेती नेपालमा अझै जारी छ।
मिती २०७८ कार्तिक ७ गतेको बेलुकी ५ बजेको कुरा हो। म आफन्तकै घरमा जादै थिए। जाँदा जाँदै क्रान्तिकारी विचार भएका व्यक्तिको पसल नजिकै पुगे। अनि झट्ट मेरो दिमागमा ती व्यक्तिको नाम आयो। त्यसपछि एकछिन ती व्यक्तिलाई भेटिहालौ भन्ने लागेर उनकै पसलमा भेट्न पुगे। उहाँ संगको भेट पनि लामो समय पछि हुन पुग्यो। भेटपछि सामान्य व्यक्तिगत र सामाजिक जानकारी बारे दोहोरो सोधपुछ भयो। त्यसका साथै वर्तमान भुगोल राजनीतिक माहोल के कस्तो हुदैछ भनेर मैले पनि सोधिहाले। किन कि उहाँ स्थानिय रुपमा जिम्मेवार नेता नै हुनुहुन्थ्यो । यति मैले भनेर सकेको थिए। मैले सोधेको प्रश्नको जवाफ नदिई प्रसंग जातको उठाउन पुग्नुभो। यसरी राजनितिक प्रसंगको कुरामा कसरी जातको कुरा उठ्यो । मनमा अझै प्रश्न उठ्दैछ। उहाँले यसरी भन्नु भो, तिमीले छोएको एक लोटा पानी त कसैले पिउदैनन भने तिमीलाई कसले भोट दिन्छ र तिमी जित्न सक्छ्यौ ? यो विचार सुन्दा झ्वाट्ट तितो छ। यथार्थमा यो राजनितिक र सामाजिक वास्तविक अभ्यास हो। यदि समाज रुपान्तरणको लागि राजनिति गरिएको हो भने सायद ती नेताले यस्तो घिन लाग्दो विचार नै व्यक्त गर्दै गर्दैन्थ्ये। यस्तो बोल्ने ती नेता मात्र होइन । प्रायः दलितलाई दलित शब्द संग जोडेर कमजोर देख्ने, कोठा र कोटा बिचको समान न्याय खोज्ने र दलितको योग्यता र क्षमता संग जो एकातिर कुरो, मेरो पढाईलेखाई को उठ्यो। अर्कोतिर मेरो जातको ।
वास्तवमा मेरो योग्यताको लागि सहि सुझाव दिने कुरा एकदमै जाहेज हो। त्यसलाई अन्यथा लिने कुरा नै भएन। त्यो सुझाव मेरोलागि आर्शिवाद नै हो। तर यसैमा मेरो योग्यता संग राजनिति प्रसंग जोडेर मेरो जातको सवाल उठान आजका अग्रगामी व्यक्तिले जाहेज कि नाजाहेज हो प्रमुख सवाल त्यो बन्यो । समाज यस्तै हो भन्ने बहानामा कथित नेतृत्वदायीको नियतिमा खुलामखुल्ला कुसंस्कारको डङ्गुर किन भरिन्छ ? यस्तो विचारले आफु बस्ने समाज र त्यहि समाजको अगुवाइ गर्दै गरेका कथित अग्रगामी नेतृत्वले समाज परिवर्तन प्रति गरेको बफादारी हेरे। अनि चित्त बुझाए। व्यक्तिको मन र मस्तिष्कमा जे छ। त्यही कुरा व्यक्तिको मुखबाट पोखिन्छ। आज पनि समाज परिवर्तन गर्ने सवाल उठाईरहदा क्रान्तिकारी विचार भएका व्यक्तिले नै एक राजनितिबाट पाखा लगाउन एक लोटा पानी नचल्ने बाहाना बनाउँछन ।
एक लोटा पानी चल्नेले यो समाजमा मानव अस्तित्वको लडाइँ , मानव आत्मसम्मानको सवालमा कसरी आफ्नो विचार परिवर्तनको निम्ति राख्न सक्छ ? यो परिवर्तनको नाममा कथित व्यक्तिले राजनितिक आन्दोलनमा होमिएर व्यक्तिवादी शासन गर्न खोज्ने जमर्को हो। हुन त, समाज परिवर्तन बारे भाषण, छलफल र बहस हुदै आएको वर्षौ बित्यो। बिडम्बना परिवर्तनको जग कसरी निर्माण गर्ने त्यसको सुरुवात अझै भएको छैन। नेपाली समाजलाई रुपान्तरण गर्न थुप्रै विचार र सिद्धान्तको व्याख्या गर्ने नेपाली समाजमा वौद्दिक वर्गको एक जत्था छ। जसले दिनरात नेपाली समाज बारे सोच्ने र विश्लेषण गर्ने गर्ने गर्छन। उसरी भन्ने हो भने, विश्वमा नेपाली समाज परिवर्तनको कुन स्थानमा पुग्न सकेको छ ? यतातिर खासै कसैले चिन्ता गरेको देखिदैन। यहाँ सामाज रुपान्तरणमा व्यक्तिको नेतृत्व कस्तो हुनुपर्छ भन्ने भन्दा पनि व्यक्तिले कसरी समाजमा आफ्नो हैकमवाद जमाउन सक्छ त्यसैको होडबाजी नेपालका ठूला राजनितिक पाटीहरुमा चल्दै आएको छ।
सबैले मनन गर्नै पर्ने कुरा परिवर्तनको सुरुवात गर्ने जिम्मेवारी कसको हो ? जबकी व्यक्तिको मन र मस्तिष्कमा परिवर्तन स्वीकार्य छैन। भने सो व्यक्ति कुनै राजनितिक जिम्मेवार भए पनि, कुनै शिक्षित र वौद्धिक वर्गको भएपनि उनिहरुको नियति कुसंस्कारको नियम भन्दा बाहिर आउन सकेको छैन भने उसले गर्ने समाज रुपान्तरणको यात्रा सफल हुन्छ कि असफल यो बुझ्न आवश्यक छ। विश्व मानव क्षमताको प्रतिष्पर्धामा चम्किरहेको बेला यता नेपाल पानी चल्ने र नचल्ने कुसंस्कारको अभ्यासमा लम्किरहेको छ। अब कहिले होला क्षमताको कुरा नेपालमा रु अझै पानी नचल्ने भन्दै व्यक्तिको क्षमता र खुबीमा कुसंस्कारको पर्खाल लगाईन्छ भने समाज रुपान्तरण कहिल्यै गरिन्छ । र व्यक्तिको क्षमता, योग्यता र संघर्षको सम्मान हुन्छ । एक दशक अघिसम्म यत्तिको मान्छेले समाजको अगुवाइ गर्न सक्छ भन्ने व्व्यव्यक्ति ले आज एक लोटा पानी चल्ने नचल्ने भन्दै राजनितिमा लाग्न गलत भन्दै आफ्नो नेतृत्व जमाउन पुग्छन। यस्ता फगत विचारबाट के प्रष्ट हुन्छ भने, जसलाई हामी परिवर्तनकारी देख्छौ। त्यहि सत्य भन्छौ। त्यो विचारको वास्तविक चरित्र बुझ्न पनि व्यक्ति सक्षम हुन आवश्यक पनि छ। जबसम्म व्यक्तिमा बाह्य क्षमता हुन्छ त्यतिञ्जेल सम्म राजनितिक माहोलको लागि कथित पछाडी पारिएका समुदायलाई प्रयोग गरिन्छ ।
जब समालाई नेतृत्व गर्ने आन्तरिक र बाहृय क्षमता कथित पछि पारिएको एक व्यक्तिले बनाउँछ त्यसपछि उसको नेतृत्व स्वीकार्न परिवर्तनकारीहरु धर्म संकटमा परे झै ठान्छन । उसको नेतृत्व गर्ने क्षमता र योग्यता र पार्टी प्रति उसको लगाव र संघर्षलाई नबुझि सिधै जात र थरको सवाललाई जोडेर बढो विचार दिन्छन। वास्तविकता भन्दा पर नेपालको राजनितिक अभ्यास र संस्कार छ। जसले समाजिक कुसंस्कार हटाउने कुनै प्रयत्न गरेकै छैन। भन्ने र गर्ने काम आकाश पातलको फरक छ। नेपालमा लोकतान्त्रिक अभ्यासको सुरुवात भएकै छैन। ईतिहासलाई हेर्दा नेपालका राजनितिक आन्दोलनमा दलितले रगत नबगाएको कुनै आन्दोलन छैन। हरेक आन्दोलनमा दलित समुदायको अग्रणी भूमिका छ। जब जब उत्पिडित समुदायको नामको सिंढी चढेर राजनितिक गर्छन तबसम्म हरेक भाषणमा तिनै दलित, महिला, आदिवासी, जनजाति, मधेसी र मुस्लिमको अधिकारको मुद्दा उठाछन। जब सत्तामा पुग्छन। ती व्यक्तिको क्रान्तिकारी विचारको विलय हुन्छ। त्यसपछि व्यक्तिवादी विचारधाराको उदय हुन्छ र भन्छन, अब यो गर त्यो नगर यस्तो विचार क्रान्तिकारी व्यक्तिको कस्तो खाले मस्तिष्क बाट पोखिन्छरु अग्रगामीहरुको मन र मस्ति पनि कुसंस्कारको जालोमा अल्झिरहन्छ त रु जात, धर्म र भाषाले राजनिति गर्न रोक्छ र ? क्षमता, योग्यता र योगदान कुनै समुदायको व्यक्तिमा मात्र सिमित हुने कुरा किमार्थ पत्यार लाग्ने कुरै भएन।
बरु राज्यको अवसरबाट बञ्चितिकरणमा परेका समुदाय आज पनि सबै तवरबाट पिँधमा छ। परिवर्तन को नाममा परिवर्तनको सवाल उठाउदै हिड्ने बाट अन्तः पानी चल्नेले मात्र समाजमा राजनिति गर्दा समाजले नेतृत्व स्वीकार्छ नत्र स्वीकार्न सक्दैन भन्ने कुरा बुझियो। राजनितिक तहमा एकक्षत्र राज गर्न तम्सिएका कथित व्यक्तिहरुको नेतृत्व तहबाट उठ्ने विचार नै नकारात्मक छ भने यस्ता विचारबाट हुने समाजिक अभ्यास कस्तो होला। यो सजिलै नजरअन्दाज गर्न सकिन्छ। पानी नचल्ने समाजमा पानी चलाउनु पर्छ भन्ने विचार व्यक्त हुने कुरा कहाँ हो कहाँ । झनै समाजमा विकृति र कुसंस्कारको संरक्षण गर्ने र परिवर्तनको नाममा जनतालाई भ्रम पार्ने कुरा स्पष्ट हुन्छ । यसरी व्यबस्था परिवर्तन भएको देशमा अवस्था परिवर्तन हुन नसक्नु नेपालको राजनितिक शासन प्रणालीको अभ्यास नै कमजोरी छ। राजनितिक आस्था भएका व्यक्तिमा समाज परिवर्तन गर्ने सोच आएको छैन। मात्र शासन र सत्ता टिकाउने रणनीति बनाईन्छन। उसो त, प्रसंग एक लोटा पानी नचल्नेको नेतृत्व अस्वीकार्यको उठाउनु भन्दा पनि हामी सबै सचेत नागरिकले पानी नचलाउने समाजलाई पानी चलाउने बनाउनु पर्छ भन्ने विचार पैदा गर्दै समाज रुपान्तरणको अभ्यासको थालनी हुनुपर्थ्यो ।
यसो गर्दा समाज रुपान्तरणको यात्रामा हिडिसक्थ्यो। बिडम्बना आफुलाई परिवर्तनकारी विचार भएको पनि भन्ने यथार्थमा सभाजमा नेतृत्व दिदा एक लोटा पानी नचल्ने कुरा गरेर क्षमता माथि हरासमेन्ट गर्दै हिड्ने नेता पनि समाज रुपान्तरणको कुरा गर्छन। त्यतिमात्र होइन । आफुलाई परिवर्तनकारी नेताको रुपमा परिचित पनि बनाउँछन। लाग्छ, समाज र देश प्रति सबैको चाहना एउटै छ। राष्ट्र र राष्ट्रियताको भाव सबैको रगतमा बगेकै छ। अग्रगामीहरुको समाज प्रतिको आवाज दुरुस्तै छ। यो भ्रम हो कि वास्तविकता बुझ्न निकै कठिन छ। समाज परिवर्तनका निम्ति सबै व्यक्तिको भनाई पनि दुरुस्त भाषामा दोहोरिन्छन। समाज प्रति माया र चिन्ता उत्तिकै भएको आशय सबैमा झल्किन्छ। जसले समाज रुपान्तरणको कुरा गर्दै आएका छन। यसरी समाज रुपान्तरणको सवालमा कुरा धेरै हुन्छन। छलफल धेरै गरिन्छ। बहस निकै हुन्छन। तर रुपान्तरणको सुरु कसरी गर्नुपर्थ्यो र कसरी भएको छ।
यतातिर परिवर्तनकारीहरुको विचार निकै संकुचित देखिन्छ। हामी गर्छौ परिवर्तनको कुरा। चाहान्छौ समाज परिवर्तन गर्न । हुन्छन समाज रुपान्तरणको लागि ठुला ठूला भाषण । परिवर्तनका निम्ति चल्दै आएका बहस र छलफलमा क्रान्तिकारीहरुको ब्यवहारिकता समाज रुपान्तरणका निम्ति कति न्यायोचित छन र हुनुपर्छ। भन्ने कुरा स्वयम व्यक्ति, व्यक्तिको परिवार र व्यक्ति बस्ने समाजलाई एक छिन हेरे पुग्छ। जब कि व्यक्ति स्वयमको सोच नै रुपान्तरित हुन सकिरहेको छैन। भने हामी बस्ने समाज कसरी रुपान्तरण हुन सक्छ रु जसको मनले स्वीकार्न नसकेको परिवर्तन मुखले बोलेर समाज रुपान्तरण हुन सक्छ त रु हामी बस्ने समाजको संरचनालाई भत्काउन नसक्ने हाम्रो विचार कत्तिको अग्रगामी र परिवर्तनशिल एकछिन आखँ चिम्लेर छातीमा हात राखेर सोच्ने बेला भयो । जहाँ हामी बस्छौ र परिवर्तनको नाममा बहस चलाउॅछौ । आफुलाई क्रान्तिकारीको विचारधारमा उभ्याउछौ । भन्न सजिलो छ। यसलाई गहिरिएर सोच्दा र विचार गर्दा परिवर्तन भन्ने कुरा स्विकारोक्ती हुन व्यक्तिले बल्ने र गर्ने कुरामा कति फरक छ। यो आजको नेपाली समाजको अवस्थालाई हेरेर भन्न सक्छौ । हाम्रो सोच, चिन्तन र मन देखि नै परिवर्तन छ कि छैन । परिवर्तन त्यहाँबाट सुरु हुन्छ । जसले मन र मस्तिष्कबाट परिवर्तनलाई स्वीकारेको हुन्छ ।
अझैपनि व्यक्तिभित्र मानवियताको आभास हुदैन। एक व्यक्तिले अर्को व्यक्तिलाई गर्ने व्यबहारमा मानवियता भेटिदैन भने हामीले चाहेको समाज परिवर्तन अलिक परको कुरा होइन र ? समाज रुपान्तरणको निम्ति व्यक्ति स्वयको मानविय अभ्यासको चरित्र र सस्कारले समाज रुपान्तरण गर्न कस्तो सन्देश दिन सक्योरु त्यो बुझ्न जरुरी छ। मानिस एक चेतनशील, परिवर्तनशील र गतिशील प्राणी हो। त्यसैले मानिसलाई सर्वश्रेष्ठ प्राणी भनेर परिभाषित गरिएको छ । मानब चेतना परिवर्तनको माध्यम पनि हो । यसो भनिरहँदा नेपाली समाजमा मानव चेतनाको प्रयोग कुन स्तरबाट कसरी उठिरहेको छ। यो सचेत नागरिकहरुले विश्लेषण गर्न र सोच्न ढिलो भईसकेको छ। यो अवस्थामा नबुझ्ने पनि कोही छैन। यहाँ त, बुझेर नबुझे झै गर्ने, सुनेर नसुने झै गर्ने, देखेर नदेखे झै गर्ने वौद्धिक क्षमताले समाज बिथोल्दै आएको वर्षौ बित्यो। नियतिले बिगारेको संस्कार नियमले सुधार्न निकै गाह्रो हुन्छ। नेपाली समाजको अवस्था फेरिन नसक्नुमा कथित क्रान्तिकारी विचारको अभ्यासमा कुसंस्कारको प्रतिविम्ब छ। प्रगतिशिल विचारमा पनि मनुस्मृतिको अवशेष झागिएको छ।
नेपाली राजनैतिक विचार भएका व्यक्ति व्यतित्वलाई नियाल्दा वैचारिक सिद्धान्त भन्दा व्यक्तिको विचारको अभ्यास निकै भ्रमात्मक छ। नेपाली समाजमा व्यक्तिको क्षमता, योग्यता र संघर्षको सम्मान भन्दा जातको हेरफेर गर्ने प्रचलन बढि छ । अहिलेसम्म पानी नचल्ने जातको भोट नेतालाई चल्दै आएकोछ। मात्र नेतृत्व स्वीकार्य हुन सकिरहेको छैन। पानी नचल्ने जातलाई अरुले भोट नदिने कुरामा कुनै शंका छैन। यहाँ जताततै बहाना पानी नचल्नेको बनाएपनि ती व्यक्तिले नै पानी नचल्नेको नेतृत्व स्वीकार्न सक्दैनन। समाज रुपान्तरणको सवालमा पानी चल्ने र नचल्ने,भोट दिने र नदिनेको कुरा गर्नु भन्दा स्वयम व्यक्ति भित्रको परम्परागत प्रवृत्ति कसरी हटाउने भन्ने कुरा प्रमुख हो। त्यसकारण अग्रगामी सोच भएका व्यक्तिको चिन्तन मन र मस्तिष्कबाट परिवर्तित भए म समाज रुपान्तरणको यात्रा स्वभाविकै रुपमा सफल हुन सक्छ । समाज यस्तै भनेर समाज परिवर्तन बाधक विचार पोख्नु हुदैन। समाज रुपान्तरण गर्ने जिम्मेवारी हामी सबै नेपालीको हो । राजनितिक गर्ने नाममा कुसंस्कारको अभ्यास मन र मस्तिष्कमा त्यो सामाजिक अपराध हो । नेपाल एक विविधता बोकेको राष्ट्र भएकोले राज्यका हरेक तहमा र राजनितिक क्षेत्रमा सबैको समान नेतृत्व हुन आवश्यक छ । कसैको योग्यता, क्षमता र संघर्षलाई एक लोटा पानी चल्ने र नचल्ने प्रसंग संग जोडेर विचार व्यक्त गर्नु भन्दा सबै समुदायको नेतृत्वलाई अग्रगामी र परिवर्तनकारीहरूले स्विकार्न सक्ने क्षमता र विचारको विकास गर्न आवश्यक छ ।
दिपा नेपाली
स्नातकोत्तर अध्ययनरत
त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, काठमाडौँ
प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८