तेहरान । ओमिक्रोन इरानमा समेत देखिएको छ ।
इरानको स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पहिलो केस भेटिएको पुष्टि गरेको छ ।
युएईबाट आएका एक इरानी नागरिकमा ओमिक्रोन देखिएको त्यहाँको सरकारी टेलिभिजनलाई उदृत गर्दै अलजजीरामा समाचार छ ।त्यहाँको स्वास्थ्य मन्त्रालयले शंकास्पद अन्य दुईजनामाथि समेत निगरानी गरिरहेको छ ।
इरानमा ६० प्रतिशत मानिसले कोरोनाविरुद्दको दुई डोज खोप लगाइसेका छन् । खोप लगाइसकेका अधिकांश मानिस बुस्टर डोजको पर्खाइमा छन्।
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८