युएई । एनआरएन युएईले बाढीपीडितका लागि आर्थिक सहयोग संकलन गरी नेपाल पठाएको छ । संघले एक हप्तामा संकलन गरेको दुई लाख ७७ हजार रुपैयाँ बुधबार नेपाल पठाएको हो । एनआरएन युएईले सप्तरीका प्रभावितलाई सहयोगका लागि एनआरएन आइसिसीको बैंक खातामा पैसा पठाएको हो । बाढी पीडितको लागि युएईमा रहेका बिभिन्न संघसस्था, एनआरएन पदाधिकारी, सदस्य तथा अन्य नेपालीले सहयोग गरेको संघका अध्यक्ष सुदिप कार्कीले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, भदौ ८, २०७४