काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से ५.८४ अङ्कले घटेको छ । सो अङ्कको कमीसँगै परिसूचक २४४९ अङ्कमा झरेको छ ।
क वर्गका कम्पनीको सूचक सेन्सिटिभ भने एक अङ्कमुनि हरियो रह्यो । यस दिन २ अर्ब ६७ करोडको धितोपत्र कारोबार भएको छ । हिजो २ अर्ब ६६ करोडको भएको थियो ।
बैङ्किङ २, व्यापार १९, विकास बैङ्क २१, जलविद्युत १७, फाइनान्स १६, निर्जीवन बीमा ६०, उत्पादन २४, माइक्रोफाइनान्स २५ र जीवन बीमा उपसमूह ३४ अङ्कले घटे । अन्य ४ र होटल तथ पर्यटन समूह भने १८ अङ्कले बढे ।
कुल ७२ कम्पनीको मूल्य बढ्यो भने १०६ कम्पनीको मूल्य घट्यो । ११ कम्पनीको मूल्य भने स्थिर रह्यो । सिनर्जी पावर डेभलपमेन्टको मूल्य सबैभन्दा धेरै ४.५ प्रतिशतले बढ्यो ।
सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.८ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टलरी अग्रस्थानमा रह्यो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८