आयरल्याण्ड । गैर आवासीय नेपाली संघ आयरल्याण्डको छैंठौ राष्ट्रिय महाधिवेशन आयरल्याण्डको राजधानी डब्लिन स्थित टिचर्स हलमा सम्पन्न भएको छ । महाधिवेसनले निर्वतमान सल्लाहकार रहेका नवराज कोइराला अध्यक्षमा निर्विरोध चयन गरेको छ । एनआरएन आइसीसी सदस्यमा राजन काफ्ले, उपाध्यक्ष्यमा अन्तिम उप्रेती र लोक त्रिपाठी बिजयी भएका छन् भने महिला उपाध्यक्ष्यमा चन्द्रकला निरौला निर्वाचित भइन् । त्यस्तै महासचिबमा उज्वल ह्योम्बा, प्रवक्तामा मुकुन्द भुसाल, सचिवमा बिबेकराज सापकोटा निर्बिरोध चयन भएका छन् । त्रिचन्द्र क्याम्पसमा शंकर भण्डारी स्ववियु सभापति हुदा कोईराला नेविसंघबाटै स्ववियु सदस्य भएका थिए । तत्कालीन अवस्थामा नेविसंघ भित्र कोईराला लोकप्रिय विद्यार्थी नेताका रूपमा चिनिन्थे ।
प्रकाशित मिति: मंगलबार, भदौ ६, २०७४