काठमाडौँ । कवि अदिप्त प्रकाशद्वारा लिखित कविता सङ्ग्रह "संवेदनाको विज्ञप्ति" को बिमोचन गरिएको छ l बरिष्ठ समालोचक,महाकाव्यकार, कवि, प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवालीबाट एक भव्य कार्यक्रमबिच उक्त कृति बिमोचन गरिएको हो।
२०७८ कार्तिक,२४ ( रामकृष्ण सेवा समाजको हल ) थलीमा तरेली साहित्य प्रतिष्ठानको ब्यानरमा सम्पन्न कृति बिमोचन कार्यक्रमको सभापतित्व कविका पिता श्री शिव बहादुर थापाले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य अधिवक्ता रविकुमार सिलवालले राखेका थिए।
समारोहमा थुप्रै वक्ताले कविको रचना वाचन गरेर कार्यक्रमलाई मन्त्रमुग्ध पारेका थिए l विमोचित कृतिबारे कवि प्रकाश लम्घालीको समीक्षा र टिप्पणी थियो l कागेश्वारी मनोहरा जोरपाटी क्षेत्रका साहित्यिक सर्जक साहित्यानुरागी र जनप्रतिनिधिको सानदार उपस्थितिमा भएको सो कार्यक्रममा विभिन्न शैशिक प्रतिष्ठानका प्राज्ञिक व्यक्तिहरुले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए l
कार्यक्रम व्यवस्थित,भव्य र सुसंगत रुपमा सम्पन्न गर्न कार्यक्रम संचालक युवा साहित्यिक व्यक्तित्व सरोज धितालको आकर्षक र कलात्मक सीप प्रशंसनीय थियो l कार्यक्रमको कुशल व्यवस्थापनमा नेपाल स्काउटका बैनीहरुको सक्रियता महत्वपूर्ण रह्यो l
काठमाडौँको कर्णाली भनेर परिचित काँठ क्षेत्रमा साहित्यप्रेमी जनप्रतिनिधि र साहित्यलाई माया गर्ने मान्छेहरु र सर्जकहरुको बाक्लो उपस्थितिलाई प्रमुख अतिथि प्राध्यापक ज्ञवालीले काँठ होइन साहित्यको केन्द्र बन्ने छाँटकाँट भनेर प्रशंसा गरेका थिए l 'संवेदनाको विज्ञप्तिका' श्रष्टा अदिप्त प्रकाशले आफ्नो साहित्यिक यात्रा, कृति रचना अनुभूति पस्कदै सहभागीप्रति कृतज्ञता व्यक्त गरेका थिए l जनताका प्राज्ञ भनेर परिचित वेदमणि घिमिरेको ओजपूर्ण मन्तव्य र साहित्यप्रतिको लगावले उपस्थित सबैको ध्यानाकर्षित गरेको थियो l
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८