काठमाडौँ । शेयर बजारको लगातारको गिरावटमा ब्रेक लागेको छ । आज (बुधबार) बजारमा एकाएक उछाल आयो । तीव्र उतार चढावबीच बजार परिसूचक नेप्से ५० अंकले उकालो लागेर २६ सय ६५ पुग्यो ।
कारोबार भने ५ अर्बमै खुम्चिएको छ । सबै समूहमा हरियाली छायो । बिमा समूहमा अढाई सय अंक बराबरको वृद्धि आयो । विकास बैंक, जलविद्युत, वित्त र उत्पादमूलक समूह सबैमा सय अंक माथिको वृद्धि आयो । अरु पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको ९८ लाख कित्ता शेयर ५ अर्ब ३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १७३ कम्पनीको शेयर मूल्य बढ्दा जम्मा ११ कम्पनीको मूल्य घटेको र २ को स्थीर रहेको एक्सचेन्जले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १३, २०७८