ओखलढुंगा जिल्लामा जन्मिएका शिवजी श्रेष्ठ बेलायतको वेल्सस्थित ल्यानरोम्नी क्षेत्रको बेजिंगस्टक ळेबोर पार्टी एथ्निक अफिसर (प्रमुख) हुन । उनी ळेबोर पार्टीको बेजिंगस्टोक काउन्सिलरका उम्मेदवार छनौट बोर्डमा पनि छन । श्रेष्ठ त्यहाँको लर्ड गभर्नरले स्थानीय स्कुलको एलई गभर्नरको नियुक्ति लिएर पनि काम गरिरहेका छन । श्रेष्ठ नेपाल प्रहरीका डीएसपी थिए । द्वन्द्व सकिने क्षणमा राजीनामा दिए र परिवारसँगै बेलायत बस्न थाले । प्रहरी सेवा र देश छाड्नुपरेकामा ‘पछुतो’ रहेको बताउने उनी बेला–बेला राहत–सहयोग लिएर नेपाल आइरहेका हुन्छन । यसपालि उनी फरक उपहार लिएर नेपाल आए, अस्पताललाई मेडिकल फ्रिज, सहासी प्रहरीका लागि सम्मान र ई–पुस्तकालयको लिएर ।
अस्पताललाई मेडिकल फ्रिज
मुख्य रुपमा हाम्रो च्यारिटी छ । बेलायतमा हाम्रो ओखलढुंगा जिल्ला समाज युके भन्ने छ । हामीले उक्त संस्था मार्फत ओखलाढुंगा जिल्लामा आज भन्दा ५६ वर्षअघि बनेको एउटा मिसन अस्पतालमा छ । जहाँ व्लड बैंक छ तर फ्रिज चाहिँ अडिनरी सामान्य खालकोमात्र छ । जुन बिरामीको स्वास्थ्यका लागि खतरनाक थियो । त्यही भएर मेरो पहलमा हामीले एउटा मेडिकल फ्रिजको लागि पहल गर्यौ र अहिले फ्रिज र वइङ मेसिन त्यो जर्मनी कम्पनीको मलेसियाबाट २ लाख ९१ हजारमा किनेर जिल्लामा लगेर हस्तान्तरण गर्यौ । यही कामका लागि म नेपाल आएको थिए ।
ओखलढुंगामा स्वागत गेट निर्माण गर्दै
ओखलढुंगामा स्वागत गेट निर्माण गर्दै बेलायतस्थित ओखलढुंगा जिल्ला समाजको अगुवाइमा ओखलढुंगा खोटाङ र सिन्धुलीको सीमामा वेलकम गेट (स्वागतद्धार) निर्माण हुँदै छ । त्यसको लागि उपयुक्त स्थान छनौट एबम स्थानीयसंग बैठक गर्न शिवजी ओखलढुंगा गएर फर्किसकेका छन् हरियाली बगैँचासहितको उक्त गेट आकर्षक बन्ने छ । जसका लागि १८ लाख खर्च हुने भएको छ । सुन्दर पार्कसहितको स्वागत गेटले एकपटक ओखलढुंगा गएको मान्छेले सधैँ सम्झिरहने उनको विश्वास रहेको छ ।
१० हजार पुस्तकको इ–लाइब्रेरी
शिवजीका बुबा होमबहादुर र आमा प्रेमकुमारी श्रेष्ठको ५५ औँ विवाह उत्सवको अवसरमा १० लाख रुपैयाँको ‘होमबहादुर–प्रेमकुमारी ट्रष्ट’को घोषणा गरिएको थियो । मदन–पुरस्कार विजेता प्रसिद्ध सिमाबिद बुद्धि नारायण श्रेष्ठको अध्यक्षतामा स्थापना गरिएको ट्रष्टको सदस्य सचिवमा नेपाल खेलकूद विकास संघका महासविच समेत रहेका रामविनय श्रेष्ठ छन । त्यही ट्रष्टबाट हामीले इ–लाइब्रेरी बनाउने निर्णय गर्यौ । जहाँ १० हजार पुस्तक अपलोड हुन्छ । सफ्टवेरमा ४ देखि ५ हजार एडुकेशनल भिडियोहरु त्यसमा हुनेछ भने स्कुलको पाठ्यक्रम समेत हालिएको हुनेछ । इन्टरनेट विनानै चल्नेगरी विकीपिडिया पनि राख्दै छौँ । ट्रस्टले ओखलढुंगामा दुइटा ई–पुस्तकालय खोल्दै छ । ट्रष्टले ई–पुस्तकालयका लागि आवश्यक सम्पूर्ण सामग्री उपलब्ध गराउनेछ । सिद्धिचरण ११ कै पारस्परिक सेवा अनुष्ठान र सिद्धिचरण १२ मा रहेको सगरमाथा जनता उच्च माविमा इ–पुस्तकालय सञ्चालन गरिने शिवजी श्रेष्ठले बताए । ट्रष्टले शिक्षा र स्वास्थ्यमा पिछडिएकालाई मूल धारमा ल्याउन सहयोग गर्ने मुख्य उद्देश्य राखेको उनले बताए । सगरमाथा जनता माविमा भने आवश्यक पुस्तकालय कक्ष र कम्प्युटर विद्यालयकै रहनेछ । पुस्तकालयका लागि आवश्यक इ–सफ्टेवरलगायत सामग्री ट्रष्टले उपलब्ध गराउने छ । कम्प्युटरमै बसेर आफ्नो कक्षाअनुसारको पाठ्यसामग्री र अन्य ज्ञानबद्र्धक पुस्तक अध्ययन ई–पुस्तकालयमार्फत सम्भव हुनेछ ।
बोलायती राजनीतिमा स्थापित हुँदै
संसदभर नेपालीहरुले आफ्नो उपस्थिति जनाउँदै गएका छन । त्यसरी उपस्थिति जनाउनेहरुले सम्बन्धित देशको स्थानीय राजनीतिमा समेत आफ्नो उपस्थिति मजबुद बनाउँदै लगेका छन । यस्तैको एउटा उदाहरण हो बेलायतका श्रेष्ठ । वेल्सस्थित ल्यानरोम्नी क्षेत्रको बेजिंगस्टक ळेबोर पार्टी एथ्निक अफिसर (प्रमुख) हुन । उनी लेबोर पार्टीको बेजिंगस्टोक काउन्सिलरका उम्मेदवार छनौट बोर्डमा पनि छन । श्रेष्ठ त्यहाँको लर्ड गभर्नरले स्थानीय स्कुलको एलई गभर्नरको नियुक्ति लिएर पनि काम गरिरहेका छन । सन् २०१० देखि लेबोर पार्टीको स्थानीय मेम्बरशिप सेक्रेटरी रहेका उनी हाल बेजिंगस्टोक ब्लाक एशियन एथिनिक माइनोरिटी अफिसर छन् । त्यही हैसियतले उनी छनौट बोर्डमा परेका हुन् ।
बेलायतको राजनीति नीतिमुखी छ, नेपालमा नेतामुखी भयो
नेपाली राजनीति र बेलायतको राजनीतिको तुलना गर्न त मिल्दैन किनकी त्यहाँ सय वर्षदेखि स्थापित राजनीति छ । बेलायतमा नीतिमुखी राजनीति छ यहाँ नेपालमा नेतामुखी राजनीति छ । यहाँ जोसुकैले राजनीति गर्छ भनेको अन्य क्षेत्रमा असफल भएकाहरु पनि छ तर पछिल्लो समय राम्रा मानिसहरुको पनि प्रवेश भैरहेको छ । बेलायतको सन्दर्भमा रिटायर्ड भएकाहरु कुनै क्षेत्रमा राम्रोसँग स्थापित भएकाहरु, युनिभसिर्टीमा राम्रो डिग्री हाँसिल गरेकाहरु छन । त्यहाँ राजनीति व्यवसाय हैन सेवाको रुपमा रहेको छ । तर बिडम्बना हाम्रो नेपालमा राजनीति व्यवसायको रुपमा विकास भएको छ । व्यवसाय नाफामुखी हुन्छ, र नाफामुखी राजनीति फाइदा हेरेरै गरिन्छ तर त्यहाँ यस्तो हुन्न । यहाँ व्यक्तिलाई हेरेर भोट हालिन्छ तर यहाँ व्यक्तिलाई हेरेर भोट दिइन्छ । त्यहाँ पार्टीको नीति र सिद्धान्तलाई हेरेर मात्र भोट हालिन्छ । यहाँ उम्मेदवार छान्दा को कसको मान्छे भनेर हेरिन्छ तर बेलायमा जसको नीति राम्रो छ उसैलाई विभिन्न चरणको प्रक्रिया पार गराएर छनौट गरिन्छ ।
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७४