काठमाडौँ - MUFC बिजयचोक युवा क्लव र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच साझेदारी भएको छ । जारी Martyr’s Memorial ‘C’ Division Qualifiers मा समूह ‘L’ अन्तर्गत परेको MUFC बिजयचोक युवा क्लवले सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडसंग आफ्नो इन्स्योरेन्स साझेदारी गरेको हो।
सगरमाथा इन्स्योरेन्स कम्पनीसँगको साझेदारीको बारेमा कुरा गर्दै,MUFC बिजयचोक युवा क्लबका प्रबन्धक बिबेक थापा भन्छन्,खेल र चोटपटक एउटै सिक्का को दुई पाटा हुन्, मैदानमा उत्रिसकेपछि जुनसुकै खेलाडिलाई सानोठुलो चोट लाग्न सक्छ। सगरमाथा इन्स्योरेन्स सँगको हाम्रो साझेदारीले खेलाडीहरुमा बोझ कम भएको र यसले उनीहरुको आत्मविश्वास पनि बढाएको महशुस भएको छ । सम्पूर्ण टिम यस्तो विश्वसनीय खेल बीमा योजनाको लागी आभारी छ।
MUFC बिजयचोक युथ क्लव बीमा उद्योगबाट एक ठूलो नाम आकर्षित गर्न सफल भएको छ । आगामी दिनहरुमा नेपाली फुटबल डिभिजनको सीढी चढ्ने लक्ष्य राखेका अन्य क्लबहरुको लागि यो एक सकारात्मक संकेत हो।
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड सामान्य बीमा उद्योग मा नेपालकै पहिलो विदेशी संयुक्त कम्पनी हो । बिगत पच्चीस वर्षदेखि यस कम्पनीले आफ्नो ग्राहकहरु लाई भौतिक घाटा बिरुद्ध सुरक्षा र बीमासंग सम्बन्धित सबै भन्दा राम्रो सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८