काठमाडौँ - गोर्खाज फाइनान्सले संस्थाका सदस्यहरुलाई बार्षिक साधारणसभामा उपस्थित हुनबाट बन्चित गराएको निबेदन परेपछि नेपाल धितोपत्र बोर्डले स्पष्टीकरण माग गरेको छ । भदौ ९ गते संचालक समितिको बैठकले साधारण सभामा अधिकांस सेयर धनि सदस्यहरुलाई उपस्थित हुनबाट बन्चित हुनुपर्ने निर्णय गरेको भनि सदस्य प्रेम बहादुर खापुङ्ग लगायतबाट बोर्डमा उजुरी परेको थियो।
संचालक समितिको बैठकले भदौ २४ मा साधारणसभा गर्ने निर्णय गर्दै बैशाख ५ गतेसम्म नेप्सेमा कारोबार भई सात दिनभित्र संस्थाको सेयरधनि कितावमा कायम भएका सदस्यहरुले मात्र भाग लिन पाउने निर्णय गरेको थियो । यस्तो निर्णयले अधिकांस सेयरधनि सदस्य साधारण सभामा उपस्थित हुनबाट बन्चित हुनुपर्ने भन्दै खापुङ्गलगायतका सदस्यहरुको निबेदन उपर बोर्डले सस्थासंग स्पष्टिकरण माग गरेको छ।
सेयरधनि सदस्य बार्षिक साधारणसभामा उपस्थित हुन नपाउने बिषयमा परेको निवेदन उपर के भएको हो ? यस बिषयमा स्पष्टीकरण मागेको तीन दिन भित्र जवाफ पेश गर्न बोर्डले आग्रह गरेको छ।
यता जिल्ला प्रशासन कार्यालय काठमाडौँले तत्काललाई बार्षिक साधारण सभा स्थगित गर्न संस्थाका नाममा पत्र काटिसकेको छ । परिस्थिति अनुकुल नबने सम्म भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न प्रशासनले आग्रह गरेपछि अर्को सूचना प्रकशित नहुन्जेल सम्मका लागि साधारणसभा स्थगित भएको छ।
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८