काठमाडौँ - गोर्खाज फाइनान्स लिमिटेड डिल्लीबजारको २६ औं बार्षिक साधारणसभा स्थगित भएको छ । शेयर धनि सदस्यहरुले २६ औं बार्षिक साधारणसभा रोकिदिन जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निबेदन दिएपछि उक्त साधारणसभा स्थगित भएको हो।
सरकारले जारी गरेको प्रोटोकलको पालना नगरी हुन लागेको उक्त साधारणसभा कानुनको दृष्टिमा समेत गलत भएको बताउदै शेयर धनि सदस्यले यस्तो कार्यकमको लागि प्रमुख जिल्ला अधिकारीले अनुमति दिन नहुने बताउदै निवेदन पेस गरेका थिए।
गोर्खाज फाइनान्सका तर्फबाट आर्थिक अभियान दैनिकमा भदौ १० गते साधारणसभा सम्बन्धि सूचना जारी गरेपछि शेयर धनि सदस्यहरुले असन्तुष्टि जनाएका थिए । यस कम्पनीमा हजारौ शेयर धनि सदस्य छन्,कम्पनिभित्रको आर्थिक अनियमितता देखि आन्तरिक मनमुटाव आदिका कारण सम्पूर्ण सदस्य भौतिक रुपमै उपस्थित भएर छलफल गर्न चाहन्छन यस्तो अवस्थामा हजारौको भिडभाडले महामारी अझ फैलिन सक्ने भन्दै निबेदनमा प्रमुख जिल्ला अधिकारीलाई सभा रोकिदिन अनुरोध गरिएको थियो । अहिलेलेको परिस्थतिलाइ मध्येनजर गर्दै प्रजिअको तर्फवाट उक्त कार्यक्रम नगर्न सूचना जारि भएको छ।
सार्बजनिक रुपमा सूचना जारी नै गरेर हुन लागेको साधारण सभाले जारी रहेको निशेधाज्ञाको आदेश उलंघन हुने भन्दै निवेदकहरुले यस्तो कार्यकम रोकिदिन दिन आग्रह गरेका गरेका थिए। कम्तिमा २५ जना भन्दा धेरै उपस्थित भएर भिडभाड गर्न नहुने यो अवस्थामा सूचना जारी गरेर संस्थाले सरकारको प्रोटोकल बिरुद्ध गएको र यो प्रमुख जिल्ला अधिकारले रोक्नुपर्ने शेयर सदस्यहरुको माग थियो। निबेदकहरुको मागलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सकारात्मक रुपमा लिएको थियो । तत्काललाई उक्त कार्यक्रम नगर्न प्रशासनका तर्फबाट सूचना जारि भैसकेको छ।
यस्तो थियो शेयर धनि सदस्यले पेस गरेको निबेदन :
प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८