काठमाडौँ । सरकारले आज आर्थिक श्वेतपत्र जारी गर्ने भएको छ । मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्थाबारे यथार्थ चित्र बाहिर ल्याउन श्वेतपत्र जारी गर्न लागिएको हो
अर्थमन्त्री जनार्दन शर्माले मन्त्री नियुक्ति भएलगत्तै श्वेतपत्र जारी गर्ने घोषणा गरेका थिए। देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था कस्तो हालतमा छ भन्ने व्यवस्थापिका सांसदलाई जानकारी दिन आज श्वेतपत्र सार्वजनिक हुन लागेको संसद् सचिवालय स्रोतले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८