काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २,४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १,४२१ र ४,२४९ एन्टिजेन परीक्षणमा १,०२१ जना गरी २,४४२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३,४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: आइतबार, असार ६, २०७८