काठमाडौँ । पछिल्लो २४ घण्टामा २,८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २,८२८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् भने, ५२ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: बुधबार, असार २, २०७८