काठमाडौँ । पछिल्लो २४ घण्टामा २,७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १,६८१ र ५,८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ ०६४ जना गरी कुल २,७४५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ भने, ४, १८७ संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: मंगलबार, असार १, २०७८