काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २,९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएका छन् ।त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौँमा ३९६ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा १४५ जना कोरोना संक्रमित भेटिएका हुन् ।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८