काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५०६ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ३ ८३ र ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार २९५ जना संक्रमणमुक्त भएका छन्।
सोही अवधिमा कोरोनाका कारण ६१ जनाको मृत्यु भएको छ।
नयाँ संक्रमितमध्ये काठमाडौँमा ३ सय ९१, ललितपुरमा १ सय ३० र भक्तपुरमा ७७ जना गरी उपत्यकामा ५ सय ९८ जना संक्रमित थपिएका छन्।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८