काठमाडौँ । देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले आगामी २४ घण्टामा देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।
देशको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बङ्गालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ । अहिले काठमाडौँ उपत्यकासहित देशभर बदली भई उपत्यका र देशका अन्य केही स्थानमा वर्षा भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८