काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३७४९ जनामा कोरोना भाइरस संक्राण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५२९३ जना संक्रमण मुक्त भएका छन् ।यस्तै सोही अवधिमा कोरोना भाइरस संक्रमणबाट ५९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षण र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा गरिएको थियो ।
पछिल्लो २४ घण्टामा ३७४९ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । जसमध्ये ५ लाख १५ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८