काठमाडौँ । अमेरिकाले विश्वका करिब १०० वटा देशलाइए उपलब्ध गराउन ५० करोड फाइजर खोपको मात्रा किन्ने भएको छ ।
अमेरिकाका सञ्चार माध्यमहरुका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले दुई वर्षको अवधिमा अमेरिकाले करिब एक सय देशलाई ५० करोड खोप उपलब्ध गराउने जनाएको छ ।यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिने र २०२२ मा बाँकी ओप वितरण गरिने छ ।
अमेरिकालाई गरिब देशहरुमा कोरोना विरुद्धको खोपको दर वृद्धिका लागि सघाउन दबाब परिरहेको बेला बाइडन प्रशासनले यो खबर सार्वजनिक गरेको हो । तर ह्वाइट हाउसले भने ५० करोड खोपको वितरणबारे आधिकारिक तवरले कुनै पनि कुरा सार्वजनिक गरेको छैन । बीबीसी
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८