काठमाडौँ । आज सेयर बजारमा उत्साह देखिएको छ । बुधबार नेप्से परिसूचक ५५.७६ अंकले बढेर २ हजार ८ सय २७.१२ अंकमा पुगेको छ ।
‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.८३ अंकले बढेको छ ।
कारोबार रकममा पनि मंगलबारको तुलनामा सुधार देखिएको छ । बुधबार ११ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८