काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने भएको छ । आज दिउँसो २ बजे पछि बैठक बस्ने भएको हो ।
आजको बैठकले निषेधाज्ञाबारे थप निर्णय गर्ने बताइएको छ । भोलि राती १२ बजेदेखि जारी निषेधाज्ञाको अवधि सकिन लाग्दा केही प्रावधानलाई परिमार्जन गर्दै निषेधाज्ञाको समय थप गर्ने बताइएको छ । आजको बैठकले निषेधाज्ञा थपबारे निर्णय सार्वजनिक गर्ने छ ।
यसअघि बसेको बैठकमा किराना पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजे सम्म खोल्न दिने विषयमा छलफल भएको र आज यस बारे निर्णय सार्वजनिक हुने छ ।
हाल तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइएको छ । उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८