काठमाडौँ । सरकारले गरिबी निवारण कोष खारेज गरेको छ।अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८-०७९ को बजेट भाषणमा कोष खारेज गरेको बताएका हुन् ।
कोष मातहत रहेका ३२ हजार सामुदायिक संस्थाहरूलाई सहकारीमा रूपान्तरण गरिने उनको भनाई छ ।कोषको खातामा रहेको १९ अर्ब रुपैयाँ सहकारीमा राखिने उनले बताए।
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८