काठमाडौँ । बंगालको खाडी नजिकैबाट आउने आँधीले नेपालमा पनि प्रभाव पार्ने भएकोले सतर्क रहने आग्रह गरिएको छ । केही दिन अघि अरब सागरमा बनेको ताउ–ते सामुद्रिक आँधीको प्रभाव सकिन नपाउँदै बंगालको खाडीबाट अर्को आँधी आउन लागेकोले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार यास नाम दिइएको उक्त आँधी अहिले बन्ने क्रममा रहेको र मंगलबारसम्म धेरै शक्तिशाली चक्रवातमा परिणत भई बुधबार पारादीप र सागर टापुमा ल्यान्ड हुनेछ। १८५ किलोमिटर प्रतिघन्टामा आउने आँधीका कारण हुन सक्ने क्षतिलाई मध्यनजर गरी पश्चिम बंगाल, उडिसासहित उत्तरपूर्वी भारतीय राज्यहरूमा सावधानी अपनाइएको छ।
आँधीले क्षती पुर्याउनसक्ने भन्दै आइतबार सम्बन्धित राज्यका उच्च अधिकारीहरूसँग कुरा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तटीय क्षेत्रमा काम गरिरहेकाहरूलाई तत्काल निकाल्न निर्देशन दिए ।
यास आँधीको प्रभाव मंगलबारदेखि नेपालमा पनि पर्न सुरू हुने बताइएको छ। ताउ–तेको प्रभावले पश्चिम क्षेत्रबाट वर्षा र हिमपात हुन सुरू भएको थियो भने यसपालि पूर्वी क्षेत्रबाट प्रभाव बिस्तारै पश्चिम सर्ने जनाइएको छ।
भोलिदेखि पूर्वका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेकोले पर्वतारोहीहरूलाई आरोहणको काम रोक्न भनिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुर्इ स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै राती प्रदेश १, बाग्मती, तथा प्रदेश २ मा सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुर्इ स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यसैगरी मंगलबार दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा प्रदेश २ मा सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको छ।
मंगलबार राती प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाकी भू/भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको छ।
बुधबार दिउँसो प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेश सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाकी प्रदेशका एक दुर्इ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली÷पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।
राती प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८