काठमाडौँ । देशभर थप आठ हजार एक सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने एक सय ८७ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार पाँच सय ४८ जनाको स्वाब परीक्षण गर्दा आठ हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। आज शुक्रवारको भन्दा तीन हजार कम स्वाबको परीक्षण गरिएको हो।
देशभर १७ हजार नौ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार ४६ र पाँच सय ७७ जनाको एन्टिजन परीक्षण गर्दा एक सय २१ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या चार लाख ४७ हजार सात सय चार पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट एक सय ८७ जनाले ज्यान गुमाएका छन्। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या चार हजार आठ सय ५६ पुगेको छ।
पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ५५ जना कोभिड संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ३ लाख ३३ हजार १ सय ८ जना संक्रमणमुक्त भइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १, २०७८