काठमाडौं । कोरोनाको खोपमा भएको भनिएको कमिसनको चलखेल छानविन गर्न माग गर्दै दर्ता गर्न खोजिएको रिट सर्वोच्च अदालतले फिर्ता गरेको छ ।
बरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले कोरोनाको खोपमा भएको भ्रष्टाचार छानविन गर्न निष्कलङ्क व्यक्तिको नेतृत्वमा आयोग बनाउन माग गर्दै रिट लिएर गएका थिए । सर्वोच्च अदालतका रजिष्टार नारायणप्रसाद पन्थीले वैशाख २७ मा सो रिट दर्ता गर्न नमिल्ने आदेश गरेका छन् ।अदालतले गोप्य रुपमा लेनदेन गरेको कमिशन अदालतको क्षेत्राधिकारभित्र नपर्ने दावी गरेर निवेदन दरपीठ गरेको छ ।
वरिष्ठ अधिवक्ता भण्डारीले औषधि खरिदमा भएको भ्रष्टाचार, कोभिड–१९ शुरु भएपछिको कालोबजारी, सरकारले गरेको खर्च र अपचलनबारे छानविन गर्न डा. गोविन्द केसी, डा.द्वारिकानाथ ढुंगेल र सुकदेव भट्टराईजस्ता निष्कलंक व्यक्तिको नेतृत्वमा नागरिक आयोग गठन गर्न माग गरेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८