काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । नर्भिक अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको भने,कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
१८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा थेरापी विधिबाट उपचार गर्न थालिएको थियो ।कोमलको स्वास्थ्य अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसीयूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ ।
पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको मात्रा घटाउँदै लगिएको छ । अहिले कोमलको स्वास्थ्य अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८