धनगढी । कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
भीमदत्त नगरपालिका–६ का ३५ वर्षीय, वडा नम्बर ६ कै ४८ वर्षीय पुरुष र वडा नम्बर १८ की ५७ वर्षीया महिलाको मृत्यु भएको हो ।
यस्तै शुक्लाफाँटा नगरपालिका–८ का ४८ वर्षीय पुरुष र वडा नम्बर १० का ७५ वर्षीय पुरुषको पनि आज मृत्यु भएको हो ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८