काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो ।
यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाको मृत्यु भएको थियो ।
पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८