काठमाडौँ । पछिल्लो २४ घण्टामा ७,६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८