काठमाडौँ। संसद भवन बानेश्वरमा सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ ।
वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक बस्न लागेकाले यही वैशाख २२ र २३ गते सांसद, सचिवालयका कर्मचारी र मर्यादापालकलगायतको थ्रोट स्वाब नमूना परीक्षण गर्न लागिएको हो ।
संसद सचिवालयका अनुसार संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजे सम्म पीसीआर विधिबाट परीक्षण गर्ने तय भएको छ ।सचिवालयले कोरोना परीक्षण गर्न सबैलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८