काठमाडौँ - राष्ट्रिय युवा संघ नेपालद्वारा कोरोना भाइरसको नयाँ भेरियन्ट संक्रमण रोकथाम र नियन्त्रणका लागि संचालित हेल्प डेस्कको विस्तार गरिएको छ । संघका उप-महासचिव योगेन्द्र लामाको नेतृत्वमा बौद्धमा हेल्प डेस्क विस्तार गरिएको हो । यस अघि काठमाडौँका विभिन्न ठाउँमा हेल्प डेस्क विस्तार भैसकेको छ ।

विस्तारित हेल्प डेस्कका नेतृत्वकर्ता योगेन्द्र लामालाई संघका अध्यक्ष बचन बहादुर सिंहले माक्स,सेनिटाइजर,ग्लोब्स,खानेपानी लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा संघका सह-अध्यक्ष किरण पौडेल,महासचिव रमेश आचार्य,स्थायी कमिटि सदस्य निरोज पौडेल,सचिवालय सदस्यहरु अजित लामा,सुदर्शन बजगाईं र मन्जिव क्षेत्री,केन्द्रीय सदस्यहरु सज्जन लामा,गोविन्द तामाङ,लाक्पा लामा,लालकाजी लामा,शंकर लाखे लगायतको सहभागिता रहेको थियो।
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८