काठमाडौँ - काठमाडौंको कोटेश्वरमा कोरोना भाइरसको नयाँ भेरियन्ट संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थापना गरिएको हेल्प डेस्कलाई माक्स,सेनिटाइजर,ग्लोब्स,खानेपानी लगायतका सामाग्री हस्तान्तरण गरिएको छ। राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पुष्पराज श्रेष्ठको नेतृत्वमा संघका अध्यक्ष बचन बहादुर सिंहले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा संघका सह-अध्यक्ष किरण पौडेल,महासचिव रमेश आचार्य,सचिव बिष्णुराज बि.सि.,स्थायी कमिटि सदस्य द्वय निरोज पौडेल र राजु खाती `सहदेव´,आयोग सचिव बाबू छत्कुली,सचिवालय सदस्य मन्जिव क्षेत्री लगायतको सहभागिता रहेको थियोे ।

हालसम्म राष्ट्रिय युवा संंघ नेपालले काठमाडौं उपत्यका भित्र पाँच ठाउँ (नयाँ बानेश्वर ,गोंगबु ,कलंकी ,भक्तपुर र कोटेश्वर) मा हेल्प डेस्क स्थापना गरेको छ। संघले नागढुङ्गा,स्वयम्भू ,चावहिल,बौद्व,ठमेल,जगाती,लगनखेल,मंगलबजार लगायतका ठाउँमा पनि हेल्प डेस्क विस्तार गर्ने योजना बनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८