काठमाडौं । पछिल्लो १४ घण्टामा थप ५,७६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार १४ हजार ९६९ जनाको नमुना परीक्षण गर्दा थप ५ हजार ७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।
यस्तै नेपालमा थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८